Section 32
परिषद्‌ गठन गर्न सक्ने
(१) वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी कार्यलाई राष्ट्रिय स्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्‌ रहनेछ।

(२) उपदफा (१) बमोजिमको परिषद्मा देहायका अध्यक्ष तथा सदस्य रहने छन्‌ः-
(क) प्रधानमन्त्री - अध्यक्ष
(ख) नेपाल सरकारको वन तथा वातावरण मन्त्री - सदस्य
(ग) प्रधानमन्त्रीले तोकेका नेपाल सरकारका तीनजना मन्त्री - सदस्य
(घ) सबै प्रदेशका मुख्यमन्त्री - सदस्य
(ङ) राष्ट्रिय योजना आयोगको वातावरण हेर्ने सदस्य - सदस्य
(च) वन तथा वातावरण विज्ञानका प्राध्यापकहरुमध्ये अध्यक्षबाट मनोनीत एकजना महिला सहित दुईजना - सदस्य
(छ) वातावरण तथा जलवायुको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुमध्ये दुईजना महिला सहित अध्यक्षबाट मनोनीत तीनजना - सदस्य
(ज) सचिव मन्त्रालय - सदस्य-सचिव
(३) अध्यक्षले सदस्यहरुमध्येबाट एकजना मन्त्रीलाई उपाध्यक्ष तोक्न सक्नेछ।
(४) उपदफा (२) को खण्ड (च) र (छ) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यले पदीय जिम्मेवारी पूरा नगरेमा अध्यक्षले निजलाई जुनसुकै बखत सदस्यको पदबाट हटाउन सक्नेछ।

तर त्यसरी पदबाट हटाउनुअघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।